काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-४ मा सोमबार साँझ आगलागी भएको छ। दीपावली गर्ने क्रममा गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट)मा आगलागी भएको प्रहरीले जानाएको छ। दुईवटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको वडाध्यक्ष नरेन्द्रदाश श्रेष्ठले बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।