प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । रवि लामिछानेले मन्त्री उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष लामिछानेले राजीनामा बुझाएका हुन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This