पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीका पूर्वपदाधिकारीहरुको बैठक, नेपाल र रावल पनि पुगे

काठमाडौं । पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको पूर्व पदाधिकारीहरुको बैठक सुरु भएको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बताएअनुसार काठमाडौंमा उपलब्ध पूर्व पार्टी पदाधिकारीहरुको बैठक बसेको हो । पार्टीको भावी कार्यक्रम तय गर्नका लागि एकता हुनुअघि पार्टीमा रहेका पदाधिकारीहरू छलफलमा जुटेको बताइएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com