हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। संघीय सांसदमा निर्वाचित भएपछि संवैधानिक जटिलता भएको भन्दै पाण्डेले राजीनामा दिएका हुन्। उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार राजीनामा बुझाएका हुन्। नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका पाण्डे २०७८ कात्तिक ११ गते मुख्यमन्त्री भएका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।