काठमाडौं । नेपाली कांग्रेसकाे संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले संसदीय दलकाे नेतामा उम्मेदवारी दिने भएका छन् । शेखर–गगन समूहकाे भेलाले महामन्त्री थापालाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेकाे हाे । संसदीय दलकाे नेताका लागि इतर समूहकाे नेतृत्व गरिरहेका शेखर काेइराला पनि आकांक्षी थिए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।