काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा निरीक्षण गरेका छन् । बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा गएर उनले घरमा भएको क्षति र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा राष्ट्रपति पौडेलको निवासमा आगजनी र तोडफोड भएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।