काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाइएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग पहल गर्न आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार राजालाई पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ र स्वदेश फिर्तीका लागि मानवीय तथा कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।