काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले प्रहरी संगठनबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले आफ्नो राजीनामा प्रहरी प्रधान कार्यालयमा पेश गरेका हुन्। राजीनामा स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी गृह मन्त्रालयमा पठाउने कानुनी व्यवस्था छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।