काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागारबाट रिहा भएका छन्। अदालतले तोकेको कैद र जरिवाना रकम तिरेपछि उनी कारागारबाट छुटेका हुन्। शेर्पा माथि बहुविवाह मुद्दा चलाइएको थियो। अदालतले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।