जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट शनिबार बिहान सप्तरीमा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप नगरपालिका–१२ का ६५ वर्षीय केदार विष्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै बारीको रेखदेख गर्न बसेका विष्टमाथि हात्तीले आक्रमण गरेको थियो ।  

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com