काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने दाबीमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले चितवनमा विद्युत् आपूर्ति रोकिएको भए पनि त्यो मर्मतसम्बन्धी कामका कारण भएको भन्दै लोडसेडिङ भनेर गलत ढंगले बुझिएको बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।