काठमाडौँ । घरको छतबाट खसेर गम्भीर घाइते भएका प्रहरी कर्मचारीको निधन भएको छ। धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोल बस्ने रबिन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको पुष्टि गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।