काठमाडौं । नेपाल तेस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानविरुद्ध खेल्नु केही घण्टाअगाडि नेपालले ट्वान्टी–२० विश्वकपको टिकट काटेको हो । ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको दुवै खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपमा छनोट भएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।