नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी स्थानीय तह निर्वाचन अभियान व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश डेस्क स्थापना गरेको छ।

प्रदेश डेस्कमा केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री शर्माले समन्वय गर्नेछन्।

advertisement

सभापति शेरबहादुर देउवाले सोमबार प्रदेश डेस्क स्थापना गरेका हुन्। प्रदेश डेस्कलाई निर्वाचन परिचालन समितिका बैठकका निर्णयअनुसार स्थानीय तहको चुनाव प्रभावकारी बनाउने जिम्मेवारी छ।यस्तै कांग्रेसले सहमहामन्त्रीहरूलाई प्रदेशसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ।

प्रदेश नम्बर १ मा सहमहामन्त्री जीवन परियार, मधेशमा भीष्मराज आङ्दम्वे, बागमतीमा फरमूल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्याय डिना, लुम्बिनीमा महेन्द्र यादव, कर्णालीमा बद्री पाण्डे र सुदूरपश्चिममा किशोरसिंह राठौरलाई जिम्मेवारी दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com