बिरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवार बन्नका लागि अहिले आमा-छोरा बिच रस्साकस्सी चलेको छ । सामाजिक कार्यमा अग्रसर युवा अनिल ढकालले दुई महिना अघि नै स्वतन्त्र उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन् । यसका लागि उनले आवश्यक तयारी पनि थालेका छन् । तर ढकालकी आमा नेपाली काँग्रेसबाट मेयरका लागि सिफारिस भएकी छन् ।


शुक्रबार काँग्रेस वीरेन्द्रनगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको छ । जसमा एक मात्र महिलाका रूपमा चाँदनी ढकाललाई सिफारिस गरिएको छ । ढकाल नेपाली काँग्रेसभित्र विगतदेखिनै सक्रिय नेतृ हुन् ।

advertisement

ढकालसँगै गोविन्द कोइराला, उमेन्द्र खड्का ,हरि विष्ट, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री मेयरका लागि सिफारिस भएका छन् ।  नेतृ ढकाल मेयरका लागि सिफारिस भएसँगै स्वतन्त्र उम्मेदवार छोरा अनिलले आमाको पोस्ट शेयर गर्दै लेखेका छन्, ‘मेरी मम्मी (आमा)को उच्च मूल्याङ्कन गर्दै राजधानी वीरेन्द्रनगर नगरको मेयरका लागि सिफारिस गर्नुभएकोमा नेपाली काँग्रेस नगर कमिटी प्रति हार्दिक आभार व्यक्त गर्दछु । तर पार्टीले हजुरलाई टिकट दियो भने आमा–छोरा कसरी लड्ने होला मम्मी ?’

उनको पोस्टमा महेन्द्रकुमार थापा नाम गरेका एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘दिनभरि मागेको भोट बेलुकी आमाको पोल्टोमा राखिदिए पनि आमा त्यस्ती नारी हुन् उनले बाबु तिमी नै राख भन्नु हुनेछ।’ 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com