बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १० औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै ३२ औँ उपाधि जित्न सफल भयो।

advertisement

बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १-१ गोल गरे । डर्टमुन्डका इम्री क्यानले १ गोल फर्काए।जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक छ। दोस्रो स्थानको डर्टमुन्डको समान खेलबाट ६३ अंक छ।

सन् २०१२-१३ को सिजनपछि बायर्नले घरेलु फुटबलमा बर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको छ ।

 

 

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com