काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन्। 

पौडेल उपाध्यक्ष सहित आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी (राप्रपा नेपाल) पार्टी बाट राजीनामा दिएका हुन्।

advertisement

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। 

अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए।

 

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com