काठमाण्डौ – मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १५ सय रिंगिट तोकेको छ ।एक सूचना जारी गर्दै मे १ अर्थात् हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुने गरी आधारभूत तलब बढाएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको हो । 
योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब(वेसिक सेलरी) १२ सय रिंगिट थियो ।साथ साथै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणको लागि कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न दूतावासले म्यानपावरहरुलाई आग्रह गरेको छ ।
अहिलेसम्म प्रमाणीकरण नभएका तर पहिलेदेखि नै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा पेस भईसकेका मागपत्र हरुमा पनि मागपत्र र सम्झौतापत्रका पेजहरु सोहीअनुरुप गर्न दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार












प्रतिक्रिया