काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुन सक्ने समेत चेतावनी दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो चेतावनी दिएका हुन् ।

कुनै पनि सार्वजनिक स्थानमा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल मा दलको झन्डा राख्न नपाईने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यसरी आयोगद्वारा कार्यान्वयनमा ल्याईएको आचारसंहिता, २०७८ नाघेर  दल वा उम्मेदवारको निर्वाचन चिन्ह राखे वा टाँसे
मा कारबाही गरिनेछ।’

advertisement

झन्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा  राख्न तथा श्रव्य सामग्री बजाउन र प्रदर्शन गर्न नपाईने भन्दै आचारसंहिताप्रतिकूल सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिइसकिएको पनि आयोगले जनाएको छ।

विज्ञप्ति मा भनिएको छ ‘आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ ।’

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com