नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बास्तोला र वली पक्षले महासचिव विप्लवलाई नै पार्टीबाट हटाउने निर्णय गरेका छन् ।यस्तै प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पनि जिमेवारीबाट हटाइएको बताईएको छ ।
स्थानीय चुनाव उपयोग गर्ने वा नगर्ने भन्नेमा पार्टीभित्र नेताहरूको मत बाझिएका बेला विप्लवनिकट केहीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएपछि बिबाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा केही दिन अगाडि महासचिव विप्लव नेतृत्व को नेकपा ले धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टी जिम्मेवारीबाट हटाएको थियो ।त्यस कदमविरूद्ध आज चितवनमा भेला गर्दै महासचिव विप्लव लाई नै पार्टीबाट निष्कासन गरेर आजै पार्टी पुनर्गठन गर्ने निर्णय भएको बताईएको छ ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार












प्रतिक्रिया