काठमाडौँ । मेयरका लागि काठमाडौँबाट स्वतन्त्र  उमेदवार बालेन शाह विरुद्ध समाचार लेखेपछि अनलाइन खबरले लाखौँ फलोअर्स गुमाएको छ । अनलाइन खबरले बालेन शाहले चुनाव प्रचारमा क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा दुरुपयोग भएको भन्दै समाचार लेखेको थियो।
समाचार आएपछि रिसाएका बालेन समर्थित युवाहरूले पेजलाई अनलाइक गर्ने ट्रेण्ड नै चलाएपछि लाखौँ फलोअर्स गुमाएको हो। 

मेन्स रूम रिलेडेड ग्रुपबाट सुरु भएको अनफलो ट्रेन्ड अहिले सामाजिक सञ्जालमा व्यापक छाएको छ। अनलाइन खबर ले २ दिनमा आफ्ना लाखौँ फ्यान गुमाउन पुगेको हो। हाल १५ लाख ४२ हजार फेसबुक फ्यान रहेको अनलाइन खबरबाट पल पलमा फलोअर्स घट्न थालेका छन् । 

advertisement

अत्याधिक अनफलो भएपछि अनलाइन खबरले बालेन शाहको सकारात्मक समाचारलाई मात्रै पुन सेयर गर्न थालेको छ। यसबाट झन् रिसाएका युवाहरूले अनफलो ट्रेण्ड सबै ग्रुपहरूमा समेत सेयर गर्न थालेका छन्।

 

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com