धादिङ । सिद्दलेक गाउँपालिका वडा नम्बर ५ कुम्पुर धादिङमा भएको स्थानीय निर्वाचनमा करिब सत्तरी प्रतिशत मत ल्याएर निर्वाचित भएका बुद्द घलेलाई अखिल क्रान्तिकारिका विद्यार्थी नेता तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य चेत बहादुर विश्वकर्माले सम्मान गरेका छन।

विगत लामो समयदेखि राजनीतिमा लागेर अनवरत रुपमा गरिब, निमुखा र दलितहरुको हकहितका लागि लडेको भन्दै नवनिर्वाचित वडाध्यक्ष घलेलाई विश्वकर्माले सम्मान गरेका हुन्। 

advertisement

घलेले सिद्धलेक गाउँपालिका वडा नम्बर ५ मा कुल खसेको मत १७२० मध्य सर्वाधिक १०८५ मत प्राप्त गरेर विजयी भएका हुन। जनहीतमा काम गर्ने नेता भएकोले जनताले सर्वाधिक मत प्रदान गरेर घलेलाई विजय गराएको सुनिल घलेले ‘ग्लोबल नागरिक’लाई बताए। 

घले धादिङका एक निर्भीक, स्पष्ट, पारदर्शी तथा जनहितमा काम गर्ने नेताको रुपमा परिचित छन्। 

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com