काठमाडौं । काठमाडौं महानगरमा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरूवाती अग्रता लिएका छन्। वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडामा उनको मत बालेन शाहभन्दा बढी देखिएको छ।

त्यस वडाको २०० मतगणना गर्दा स्थापितले ६० मत पाएका छन्। उनका प्रतिस्पर्धी बालेन शाहले भने ४६ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्। अहिले वडा नम्बर १, २, ३, र ५ को मतगणना सकिइसकेको छ। यी सबै वडामा शाह नै अगाडि छन्। त्यस्तै वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को पनि मतगणना भइरहेको छ। यी वडाहरूमा पनि शाह नै अगाडि देखिन्छन्। ४५ हजार २ सय ८९ मत गन्दा अहिलेसम्म शाहले मात्रै १७ हजार ६ सय ४३ मत पाएका छन्। स्थापितले भने ९ हजार ११० मत पाएका छन्। सिंहले भने ८ हजार १६७ मत पाएकी छन्। 

advertisement

उपमेयरतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्। उनले अहिलेसम्म १४ हजार ७१७ मत पाएकी छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com