काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा करिब दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ।

काठमाडौंबाट लगिएका दुई हजार ३ सय मेट्रिक टन फोहोर शनिबार ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको काठमाडौं महानगरले जानकारी दिएको छ। शुक्रबार १५३ ट्रक फोहोर लगेर व्यवस्थापन गरिएको थियो।

advertisement

बञ्चरेडाँडाका स्थानीयबासीले विरोध जनाउँदा लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको थिएन। उनीहरूसँग सहमति भएपछि पुन: फोहोर उठाउने सहमति भएको हो।

शुक्रबार र शनिबार फोहोर ढुवानी गर्न तथा विसर्जन गर्न कसैले अवरोध गरेको थिएन। साइट इन्चार्ज इन्जिनियरका अनुसार यसरी नै फोहोरहरू व्यवस्थापन गरेमा काठमाडौंका सडक केहीदिनमै सफा हुनेछन्।

प्रकाशित मिति: २८ जेष्ठ २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com