मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा भारतीय नम्बर प्लेटको एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु र छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र छोरी अमिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बुलेटले रातोमाटेमा जीपलाई पनि ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार












प्रतिक्रिया