बाँके । नेपाली सेनाले एकजना शिकारीलाई बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित सैनिक पोशाकमै पक्राउ गरेको छ।

बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय, बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले यही आइतवार ती शिकारीलाई हतियारसहित पक्राउ गरेको हो।

advertisement

कोहलपुर नगरपालिका वडा नं. १३ सिम्री बस्ने वर्ष ५४ को बलबहादुर पल्ली मगरलाई सेनाले पक्राउ गरेर निकुञ्ज कार्यालयलाई बुझाएको हो।

सोधपुछ गर्ने क्रममा उनले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको छ।

उनी र बरामद हतियार आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको सेनाले जानकारी दिएको छ।  – नेपाल खबर

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com