काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्।

फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पत्रिकाले दावी गरेको छ ।

advertisement

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए।

अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।

मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए। स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com