झापा । तीनदिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेका युएईका अधिराजकुमार जुमा अल मोक्तुम आज झापास्थित होटल मेची क्राउनमा बस्ने भएका छन्।

श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमार आज झापा स्थित होटल मेची क्राउनमा बस्ने भएका हुन् । होटल मेची क्राउनका संचालक बलराम सापकोटाका अनुसार होटलले अधिराजकुमारको स्वागतका लागि आवश्यक तयारी पूरा गरेको छ। अधिराजकुमारको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था पनि मिलाएको संचालक सापकोटाले बताए।

advertisement

अधिराजकुमार झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ। झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको पनि अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् । उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com