काठमाडौं । नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई दाइ हरिशरण लामिछानेले बधाई दिएका छन्। पार्टीको नीतिअनुसार परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो,’ हरिशरणले भनेका छन्।  उनले रविको पार्टीको उक्त नीतिमा व्यंग्यात्मक सुझाव पनि दिएका छन्।

‘कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाई नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नुहोला। पछि आपसी मायाप्रेममा परेर  बिहेबारी भई कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है!’ उनले भनेका छन्।

advertisement

हरिशरणले भने, ‘दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रूपले संलग्न हुने त कुरै भएन। राजनीतिक रूपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु,’ उनले फेसबुकमा लेखेका छन्,- ‘स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भावना छन्। बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ।’

हरिशरण स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारीमा छन्। उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने घोषणा गरेका छन्।

 

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com