काठमाडौं । देशभरिबाट अडिसन गरी नेता छान्ने भनिएको टेलिभिजन कार्यक्रम ‘द लिडर’ का लागि रजिष्ट्रेसन शुल्क एक हजार रुपैयाँ तिरेका ३०९ जनाले अझै पैसा फिर्ता नपाएको देखिएको छ।

शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रजिष्ट्रेसन गरेका आकांक्षीको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताएका छन्।

advertisement

आफू उक्त कार्यक्रम सञ्चालकमात्रै भए पनि मानिसहरूले आफूलाई हेरेर रजिष्ट्रेसन गरेकाले सबैको पैसा फिर्ता गर्न आफूले पहल गर्ने लामिछानेको भनाइ छ। उक्त कार्यक्रमका लागि ११९२ जनाले रजिष्ट्रेसन गरेकामा ८८३ जनाले पैसा फिर्ता लिइसकेको लामिछानेले बताए।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com