एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अवस्था चिन्ताजनक रहेको बताइएको छ। चुनावी अभियानमा सम्बोधन गरिरहेका बेला गोली लागेर गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री आबेको स्वासप्रस्वास र मुटुको चालमा समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आज बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको थियो। सडकमा ढलेका आबेलाई अस्पताल लगिएको थियो। यतिबेला उनी सिन्जो नारा मेडिकल युनिभर्सिटीमा उपचाररत छन्।

advertisement

एअर एम्बुलेन्सबाट अस्पताल लगिएको उनको होस् आउन नसकेको अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन्। गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com