काठमाडौं । निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ ।

ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले भोलि फर्काइदिन्छु भन्दै टार्ने गरेका छन् ।

advertisement

पछिल्लो पटक कृषि तथा पशुपन्छी मन्त्री पदबाट विदा पाएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ मेसिन देखि अन्य केही समान लिएर गएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताए ।

आवास लैजान नमिल्ने समान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती समान फिर्ता गर्न पत्राचार गरेको छ । मन्त्री यादवले सरकारी आवास छोडेको एक साता भइसक्दा पनि ती समान फिर्ता गरेका छैनन् । आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: २६ असार २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com