काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृत भइसकेको भन्दै अब यसलाई बोकेर हिँड्न नहुने बताए ।

‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’

advertisement

ओलीले अब सरकारको अंग प्रत्यंग झर्दै जाने पनि टिप्पणी गरे । ‘भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झर्दै जान्छ’ उनले भने, ‘भ्रष्टचारी अंग झरेर पिठ बन्छ ? त्यो ठाउँ त रुखो हुन्छ ।’

एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावमा प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको बताए ।

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com