काठमाडौं । जनता समाजवादी पार्टी बाट कारबाहीमा परेका बाबुराम भट्टराईले अब आफू कुनै कम्युनिष्ट पार्टीमा नजाने बताएका छन्।

मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नुभयो के तपाईं फेरि माओवादीमा फर्किन लाग्नु भएको हो? भन्ने ग्लोबल नागरिकको प्रश्नमा उनलले भने, ‘म अब कम्युनिष्ट पार्टीमा जान्नँ, मेरो लक्ष्य समाजवादी केन्द्र बनाउने हो। त्यही शिलशिलामा आज प्रचण्डजीसँग कुरा भएको हो। सामान्य छलफल भयो।’

advertisement

समाजवादी केन्द्र बनाउन आफूले प्रस्ताव गरेको र प्रचण्डले चुनाव पनि आउँदैछ के गर्ने भनेको उनले बताए। ‘उहाँहरू कम्युनिष्ट पार्टी छोड्न तयार हुनुहुन्न,’ भट्टराईले भने।

समाजवादी केन्द्र बनाउनेबारे आफूले माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, वामदेव गौतमसँग पनि कुरा गरेको भट्टराईले बताए।

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com