काठमाडौं । पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् ।

advertisement

‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो। नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ’ उनले लेखेका छन्।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा ‘भीआईपी’ को हात रहेको बताउँदै आएका भण्डारीले रवि लामिछानेले ती भीआईपीलाई बचाउन खोजेको आरोप लगाएका छन्।

प्रकाशित मिति: १२ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com