काठमाडौं । सरकारले फाेहाेर व्यवस्थापनमा साथ नदिएकाे भन्दै काठमाडौं महानगगरपालिकाका वडा ३० का वडाध्यक्ष दलबहादुर कार्कीले आक्राेश पाेखेका छन्।

बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्ष कार्कीले सरकारले च्यालेन्ज दिएर काठमाडौंबासीलाई नर्कको जीन्दगी जीउन बाध्य बनाएको भन्दै अब बालेनको कार्यकालमा सरकारविरूद्ध उठ्नुपर्ने बताएका हुन्।

advertisement

उनले भने, ‘सरकार राजधानीको समस्या टुलुटुलु हेरेर बस्छ न बञ्चरे डाँडोमा फोहोर फाल्न दिन्छ न त कुनै सहयोग नै गर्छ यस्तै हो भने हामी पनि सरकारविरूद्ध उत्रिनुपर्छ मेयर साब अहिले नै गाडी निकाल्नुस्, ट्रक लिएर युएन पार्कबाट सबै फोहोर बागमती फालीदिऊँ।’,

उनले यसाे नगरेसम्म सरकारले राजधानीबासीकाे समस्यालाई नदेख्ने भन्दै थपे, ‘आज रातभरि सबै फाेहाेर बागमती फालाैं बल्ल सरकारले कस्लाई गोली हान्न आउँछ हेरौंला हिम्मत छ कसैको लागौं कि त टुडिँखेलमा फोहोर राखौं आर्मीको गोली खाऔं होइन भने बाग्मती मै बगाइिदऊँ।’,

बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले पहिलो कार्य पालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म त्यसको बैठक नबोलाइएकामा पनि गुनासो गरेका छन्।  मेयर बालेन साह निर्वाचित भएपछि फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लगाउँदिन भने पनि ७० दिनसम्म समस्या समाधान हुन नसकेको भन्दै मेयरको आलोचना गरेका छन्।

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com