काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

बिहान ३-४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले ग्लोबल नागरिकलाई जानकारी दिए।

advertisement

घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शङ्काको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोष्टमार्टनका लागी नारायणी अस्पतालमा पठाउने तयारी गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन्।

 

प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com