भैरहवा । एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू अन्तिमपटक चुनाव लड्ने बताएका छन्। आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन्।

राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको प्रश्नमा खनालले भने, ‘जनतासँगको माया–पिरती टुटेको छैन। ४८ सालदेखि चुनाव लड्दै आएको छुु। अब एकपटक लडछु।’ इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट लड्ने उल्लेख गर्दै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।

advertisement

गठबन्धन कहिलेसम्म रहन्छ यकिन गर्न नसके पनि चुनावसम्म रहने उनले प्रस्ट पारेका छन्। गठबन्धन नगरी एक्लै हिँड्ने पार्टी असफल हुने उनको तर्क छ। ‘गठबन्धन दृढतापूर्वक अघि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ। एक्लो डेढुको असफलता अनिवार्य छ।’

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com