दोलखा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टिले निर्वाचन नजिकिएसँगै देशब्यापी कार्यक्रमलाई तिव्रता दिएको छ।

सोही अनुरुप भाद्र १५ गते (बुधबार) दोलखाको चरिकोटमा जिल्ला भेला हुने भएको हो। उक्त भेलामा पार्टी सभापति रवि लामीछाने सहभागी हुने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन्। रवि लामिछानेको आगमन हुने भएपछि जिल्लाबासीमा उत्साह छाएको दोलखाका युवा अभियान्ता रबिन पाण्डेले बताए।

advertisement

सातै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम सकेको लामिछाने नेतृत्वको उक्त पार्टीले निर्वाचन नजिकिएसँगै जिल्ला भेला कार्यक्रमलाई तिव्रता दिइरहेको छ।

 

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com