काठमाडौं । ‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन्।

आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्।

advertisement

ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि छन्।

स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्।

उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन्।

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com