काठमाडौ । राष्ट्रवादी स्वरोजगार व्यावसायी महासंघ’ ले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेको छ। महानगरलाई बुझाएकोको ज्ञापनपत्र महानगरपालिकाले बेवास्ता गरेको भन्दै शुक्रबार माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले आज माइतीघरमा भेला भइ भद्रकाली, सुन्धारा हुँदै महानगरको कार्यालय अघि पुगी त्यहाँबाट त्रिपुरेश्वर हुँदै फेरि माइतीघर आएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ।

advertisement

उनीहरूले फुट्पाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर,श्रम गर्नेहरूको सम्मान गर,सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्यान्वयन गर जस्ता नारा लगाएका थिए।

संघर्ष समितीले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाउने तयारी गरेको छ।

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com