काठमाडौं । संस्कृति, पर्यटन तथा नागकिरक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छाँया सेन्टरमा भएको घटनाबारे प्रतिकृया दिएका छन्।

सोमबार मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल मार्फत छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिकृयामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

advertisement

उनले लेखेका छन्,’छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिकृयामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो। घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सवै नेतार मन्त्री खराव हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु।’

 

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com