काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।

शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको भन्दै सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन् ।

advertisement

उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।

यसैबीच अदालतको अनुमतिमा नेपाल प्रहरीले उनीविरूद्ध बिहीबारनै पक्राउ पुर्जी जारी गरिसकेको छ।

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com