काठमाडौं । राजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गर्नुभएको छ।

शुक्रबार एक शोक वक्तव्य जारी गर्दै राजा ज्ञानेन्द्रले महारानी एलिजावेथको नेपालप्रति अगाध आत्मियता रहेको उल्लेख गरेका छन्।

advertisement

‘संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ। स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ। साथै, नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ,’ राजा ज्ञानेन्द्र शाहले भनेका छन्,‘नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम् प्राथमिकता दिएका छौं।’ उनले एलिजावेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन्।

एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com