काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक (एसपी) जगतमान श्रेष्ठ काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।
मेयर बालेन्द्र शाहले मंगलबार पूर्वएसपी श्रेष्ठलाई महानगरको नगर कार्यापालिकाको ट्राफिक विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको विभागीय प्रमुख महेशकुमार काफ्लेले जानकारी दिए ।
एसपी श्रेष्ठसँग नेपाल प्रहरीमा ३० वर्ष र ट्राफिक प्रहरीमा २० वर्ष काम गरेको अनुभव छ ।
प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार













प्रतिक्रिया