काठमाडौं । काठमाडौं महानगरले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्र ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ ।
महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
भोलि (बिहीबार) सम्ममा नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको छ । ‘हामीले आजै हटाउन लगाउँछौं, नमाने सम्झाउने, बुझाउने गर्छौ तर भोलिसम्म हटाएन भने नगर प्रहरीको टोलीले कारबाही गर्छ,’ पाण्डेले भने ।
केहि व्यवसायीले सार्वजनिक स्थानमा राखेका पसल आफैले हटाएका छन भने केहिलाई महानगरले हटाउन दबाब दिइररहेको छ ।
प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार












प्रतिक्रिया