काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति संविधानको पालक भएकोले नागरिकता विद्येयक प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भने,‘उहाँले नागरिकता विद्येयक अड्काउनुहुन्न । उहाँले विद्येयक अड्काएर अदालत पठाउन सक्नुहुन्न । अहिलेको संविधानले त्यो अधिकार दिएको छैन् । यदि उहाँले त्यसो गर्नुभयो भने राष्ट्रप्रति बेईमानी गरेको, नेपाली नागरिकमाथि अपराध गरेको हुन्छ।’

advertisement

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं र धरानका मेयर बालेन्द्र शाह र हर्क साम्पाङलाई माओवादी पार्टीमा स्वागत रहेको बताएका छन्।

उनले भने,‘उहाँहरु आउनुभयो भने स्वागत छ । उहाँहरु राम्रो मान्छे हो । उहाँहरुलाई पार्टीमा आउन मन लागे, स्वागत छ ।’ उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले ४५ सिट जित्ने दाबी गरे । उनले आगामी निर्वाचनपछि बन्ने संसद्मा माओवादी दोस्रो पार्टी बन्ने दाबी गरे।

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com