धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले जरिवाना लगाएकोप्रति प्रतिक्रिया दिएका छन्। आफु निर्वाचन आयोगले तोकेको जरिमाना तिर्न तयार रहेको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै धरान मेयर हर्क सम्पाङ, काठमाडौँका मेयर बालेन साह, चितवन मेयर रेणु दाहाल लगायतका जनप्रतिनिधिहरुलाई जरिवाना तोकेको थियो।

advertisement

आयोगले शुक्रबारको निर्णय अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, भरतपुरकी मेयर रेणु दाहाल तथा पोखरा महानगरका मेयर धनराज आचार्यलाई कारबाही गरेको हो। आयोगले तीन महानगरसँगै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई पनि जरिवाना तोकेको छ ।

आयोगको निर्णय अनुसार महानगरका प्रमुखलाई सात लाख ५० हजार रुपैयाँ जरिवाना हुनेछ। यस्तै, उपमहानगर प्रमुखको हकमा पाँच लाख ५० हजार जरिवाना हुनेछ। निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ। आयोगले खर्च विवरण नबुझाउने एक लाख २३ हजारलाई जरिवानाको निर्णय गरेको छ।

 

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com