काठमाडौं । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वाेच्च अदालत फर्किन लागेका छन्।

राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ। सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ।

advertisement

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ। राणा अदालत आएमा के हुन्छ ? अहिले सर्वाेच्च परिसरमा रमिता चलिरहेको छ। यहाँ के हुन्छ भनेर सर्वसाधारण रमिते भएर वारीपारी बसेर हेरिरहेका छन् ।

 

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com