काठमाडौं । बलात्कार आरोपित सन्दीप लामिछानेको पक्षमा आवाज उठाइरहेको ‘सन्दीप बचाउ अभियान’ले आज एक अपील जारी गर्दै सञ्चारमाध्यममा आइरहेका घटना विवरणमा सत्यता नरहेको दाबी गरेको छ ।

अभियानका संयोजक मनिष सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै सन्दीप प्रकरणको घटना सत्यता नभएको दावी गरेका छन् । कानून र विधिलाई सबैले सम्मान गर्नैपर्ने भन्दै विज्ञप्तिमा घटनाको समाधानतर्फ आफूहरुले अग्रसरता लिएको उल्लेख छ।

advertisement

अभियानले नेपाल सरकारलाई यस घटनाको मध्यस्थता गर्दै सबै पार्टीका युवा नेता र राज्य संयन्त्रलाई परिचालित गराई दुवै परिवारलाई वार्तामा राख्न अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यसले युवा, खेलक्षेत्र र अन्तर्राष्ट्रिय रुपमा नेपालकै गरीमा बढाई आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन मद्दत पछि गर्छ।’

‘यही घटनाका आधारमा बाहिर आएको विवरणलाई नजिर मान्ने हो भने नेपालका जेलहरु भरिन सक्छन्। समाजको संरचना नै बिग्रेर अराजकता र विद्रोहतिर समाज र युवा परिचालित हुन्छन्’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com